भक्तपुरमा दिदीबहिनी मृत फेला

हिमाल प्रेस ८ साउन २०८२ १०:३१ | Thursday, July 24, 2025
 भक्तपुरमा दिदीबहिनी मृत फेला प्रतीकात्मक तस्बिर।

भक्तपुर- मध्यपुर थिमि नगरपालिका-९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन्। स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका-८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन्।

मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले बताए। घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए।

प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ। मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरू आएपछि घटनास्थलको मुचुल्का हुने ढुंगानाले बताए।

प्रकाशित: ८ साउन २०८२ १०:३१ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast