बैंक तथा वित्तीय संस्थाको संख्या १०७

हिमाल प्रेस २४ असार २०८२ १३:१४ | Tuesday, July 8, 2025
12
SHARES
बैंक तथा वित्तीय संस्थाको संख्या १०७

काठमाडौँ- नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या १०७ रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या (लघुवित्त वित्तीय संस्थासमेत) १०७ रहेको हो।

यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन्।

बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा संख्या २०८१ असार मसान्तमा ११ हजार ५३० थिए। २०८२ जेठ मसान्तमा यो संख्या ११ हजार ५१९ पुगेको छ।

प्रकाशित: २४ असार २०८२ १३:१४ | Tuesday, July 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast