बीपी राजमार्ग पुनर्निर्माणमा झन्डै २ अर्ब जापानी अनुदान

हिमाल प्रेस १५ साउन २०८२ १६:३० | Thursday, July 31, 2025
बीपी राजमार्ग पुनर्निर्माणमा झन्डै २ अर्ब जापानी अनुदान बीपी राजमार्ग। फाइल तस्बिर

काठमाडौँ- बाढीबाट क्षतिग्रस्त बीपी राजमार्ग जापान सरकारको सहायतामा पुनर्निर्माण हुने भएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले जापानी सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ‘सिन्धुली सडकको आपतकालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २ अर्ब ८ करोड जापानी येन बराबर (एक अर्ब ९५ अर्ब रुपैयाँ) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।’

बीपी राजमार्गको भकुन्डेबेसी-नेपालथोक खण्ड गत असोजमा आएको बाढीले भत्काएको थियो। बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइसकिएको छ।

प्रकाशित: १५ साउन २०८२ १६:३० | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast