‘बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्ग सचेत रहनुहोला’

हिमाल प्रेस ४ साउन २०८२ ६:५८ | Sunday, July 20, 2025
‘बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्ग सचेत रहनुहोला’ बीपी राजमार्ग। फाइल तस्बिर

काठमाडौँ- पछिल्लो समय पूर्वी क्षेत्रमा परिरहेको वर्षाका कारण खोलानाला बढेका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार रातिदेखि सोमबारसम्म सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार एक सूचना जारी गर्दै सर्तकर्ता अपनाउन आग्रह गरेको हो ।

सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारदेखि सोमबारसम्म अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको बताउँदै सुनकोसी नदी लगायतका नदी, किनार र आसपासका क्षेत्रहरूमा जोखिम हुनसक्ने देखिएकोले नदी आसपासका बासिन्दा र बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्गमा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ।

ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशन पालना गर्न समेत सूचनामा आग्रह गरिएको छ।

प्रकाशित: ४ साउन २०८२ ६:५८ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast