शरद ओझा
काठमाडौँ- नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले छानबिन समिति गठन गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले ओझाको कार्यशैलीमाथि प्रश्न उठाउँदै तीन सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको हो।
समितिको संयोजकत्व उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीले गर्नेछन्। सरकारले गत फागुन १२ गते ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।
प्रकाशित: ३१ असार २०८२ ७:१६ | Tuesday, July 15, 2025
प्रतिक्रिया



