बालविकास र अस्थायी शिक्षकको भविष्य सुनिश्चित गर्न सरकारलाई आग्रह

हिमाल प्रेस ११ साउन २०८२ १०:४९ | Sunday, July 27, 2025
बालविकास र अस्थायी शिक्षकको भविष्य सुनिश्चित गर्न सरकारलाई आग्रह

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षक तथा कर्मचारीका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

शनिबार प्रकाशित प्रेस विज्ञप्तिमार्फत संगठनले २० औं वर्षदेखि  काम गर्दै आएका बालविकास सहजकर्ता, अस्थायी शिक्षक, राहत शिक्षक, साविक उमावि शिक्षक तथा विद्यालय कर्मचारीको सेवा स्थायीत्व र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको हो।

संगठनका अध्यक्ष हंसबहादुर र महासचिव प्रकाश खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षकमाथिको पेसागत अपमान र असुरक्षाका कारण गुणस्तरीय शिक्षा प्राप्त गर्न कठिन भइरहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थायी शिक्षकको तहगत र आवधिक बढुवा सुनिश्चित हुनुपर्छ, दुर्गम क्षेत्रमा विषयगत शिक्षकको अभाव अन्त्य गर्न र महिला शिक्षकको समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्छ।’

संगठनले नेपाली शिक्षक तथा विद्यालय कर्मचारीको ट्रेड युनियन अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता र सम्झौताअनुसार संस्थागत गर्न पनि सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: ११ साउन २०८२ १०:४९ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast