बाढी पूर्वानुमान महाशाखाले भन्यो : दोलखा, सिन्धुपाल्चोकसहितका जिल्लामा बाढीको सम्भावना छ

हिमाल प्रेस ११ साउन २०८२ १०:४३ | Sunday, July 27, 2025
बाढी पूर्वानुमान महाशाखाले भन्यो : दोलखा, सिन्धुपाल्चोकसहितका जिल्लामा  बाढीको सम्भावना छ फाइल तस्बिर

काठमाडौँ-  बाढी पूर्वानुमान महाशाखाले आजको सम्भावित बाढीका सम्भावित जिल्लाका सम्भावना सार्वजनिक गरेको छ।

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

आज दोलखा, सिन्धुपाल्चोक, डोटी, अछाम, कालिकोट, दैलेख र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

आज रामेछाप, सोलुखुम्बु, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, कास्की, लमजुङ, पर्वत, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, बझाङ, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

प्रकाशित: ११ साउन २०८२ १०:४३ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast