बाढीमा परेकाहरूको उद्धार र पुनर्स्थापना गर्न माओवादीले गरायो सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २६ असार २०८२ १९:०८ | Thursday, July 10, 2025
बाढीमा परेकाहरूको उद्धार र पुनर्स्थापना गर्न माओवादीले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले रसुवामा आएको बाढीमा परेकाको उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

बैठकले प्राकृतिक प्रकोपका कारण भविष्यमा हुन सक्ने क्षतिहरूको पनि अहिले नै गम्भीर तयारी गर्न समेत माग गरेको उनले बताए। बैठकले साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको उनले जानकारी दिए।

त्यस्तै बैठकले आन्तरिक तथा संगठनात्मक विषयमा केही निर्णयहरू भएको प्रवक्ता सापकोटाले बताए।

प्रकाशित: २६ असार २०८२ १९:०८ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast