फिफा क्लब विश्वकप : रियल मड्रिडविरुद्ध पीएसजीको फराकिलो जित, उपाधि भिडन्त चेल्सीसँग

हिमाल प्रेस २६ असार २०८२ ७:१६ | Thursday, July 10, 2025
फिफा क्लब विश्वकप : रियल मड्रिडविरुद्ध पीएसजीको फराकिलो जित, उपाधि भिडन्त चेल्सीसँग

काठमाडौँ- फिफा क्लब विश्वकपको सेमिफाइनलमा रियल मड्रिडलाई फराकिलो अन्तरले पाखा लगाउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि नजिक पुगेको छ। बुधबार राति रियलविरुद्ध ४-० को फराकिलो जित पीएसजीले उपाधिका लासग चेल्सीसँग भिड्ने पक्का गरेको हो।

पीएसजीको जितमा फेबियन रुईजले दुई तथा ओसामाने डेम्बेले र गोन्कालो रामोसले समान एक गोल गरे।

खेलको नवौँ मिनेटमा पीएसजीले २-० ले अग्रता बनाएको थियो। पहिलो हाफको छैटौँ मिनेटमा रुइजको गोलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो। नवौँ मिनेटमा डेम्बेलेले अग्रता दोब्बर पारे। खेलको डेम्बेलेले व्यक्तीगत दोस्रो गोल गर्दा पीएसजीका लागि तेस्रो गोल गरे।

पहिलो हाफमा नै ३-० को अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ८७ मिनेटमा रामोसको गोलमा पीएसजीले रियलविरुद्ध ४-० को फराकिलो जित दर्ता गरेको हो।

पीएसजीले अब उपाधिका लागि आइतबार चेल्सीसँग खेल्नेछ।

प्रकाशित: २६ असार २०८२ ७:१६ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast