मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर : रासस
                                            जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फरक क्षमता भएका व्यक्तिको शिक्षा तथा रोजगारीका लागि सीपमूलक प्रशिक्षण केन्द्र र सुविधासम्पन्न नमुना विद्यालय आवश्यक रहेको बताएका छन्।
बुधबार जनकपुरधाममा आयोजित ‘अपांगता, जलवायु परिवर्तन र जीविकोपार्जन सम्मेलन-२०८२’ मा उनले स्थानीय र प्रदेश सरकार मिलेर यस्ता संस्थामा लगानी गर्नुपर्ने बताए।
मुख्यमन्त्री सिंहले पछिल्लो समयमा जलवायु परिवर्तका कारण फरक क्षमता भएका व्यक्तिहरू बढी जोखिममा रहेको भन्दै जोखिम न्यूनीकरण र अनुकूलन क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले फरक क्षमता भएका व्यक्तिको वर्गीकरण गरी उपमहानगरपालिकाबाट काम भइरहेको र यस क्षेत्रमा अन्य संस्थाले गरेका काम पनि सराहनीय रहेका बताए।
                            प्रकाशित: २६ असार  २०८२ १०:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

