प्रधानमन्त्री ओली लेख्छन्- श्रमबिना प्रगति सम्भव छैन

हिमाल प्रेस २ साउन २०८२ ९:३४ | Friday, July 18, 2025
प्रधानमन्त्री ओली लेख्छन्- श्रमबिना प्रगति सम्भव छैन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मानबिना समृद्धि नहुने बताएका छन्।

साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन्।

‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौँ। त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ उनले फेसबुकमा लेखेका छन्।

साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० बनाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्,‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्वपूर्ण हुनेछ। जय श्रमिक, जय नेपाल।’

प्रकाशित: २ साउन २०८२ ९:३४ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast