प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियान प्रारम्भ

हिमाल प्रेस १५ साउन २०८२ १६:४९ | Thursday, July 31, 2025
प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियान प्रारम्भ फिफा फर स्कुल अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले विशेष प्राथमिकता दिएको बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित फिफा फर स्कुल अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले खेलका माध्यमबाट विश्वसामू देशको पहिचान उच्च हुने भन्दै खेल क्षेत्रको विकासमा सरकारले विशेष प्राथमिकता दिएको बताएका हुन्।

उनले स्वस्थ नागरिक उत्पादन गरेर खेलमार्फत निरोगी नेपाल निर्माण गर्ने सपनालाई साकार पार्नका लागि सरकार अघि बढेको बताए।

प्रधानमन्त्री ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माण गर्ने बताए। किर्तिपुरमा निर्माण सुरु गरेको क्रिकेट रंगशालाको काम पूरा हुन लागेको भन्दै अबको क्रिकेट प्रतियोगीता सोही रंगशालाबाट हुने उनको भनाइ छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण गर्दै फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका हुन्।

अभियानअन्तर्गत फिफाले एन्फासँगको सहकार्यका ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल उपलब्ध गराउने बताइएको छ।

यस कार्यक्रममार्फत विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्ने र ग्रासरुट फुटबलको विकासमा टेवा पुग्ने लक्ष्य राखिएको एन्फाले जनाएको छ।

प्रकाशित: १५ साउन २०८२ १६:४९ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast