 
                             
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा गएकामध्ये कोही फर्किएनन् भन्ने अभिव्यक्तिको आफूले जिम्मा लिने बताएकी छिन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आफूले हिजो संसद्मा बोलेको कुरा गलत रूपमा व्याख्या गरिएको आरोप लगाइन्। उनले भनिन्,‘एमालेका सांसदहरूलाई आग्रह छ- कान राम्रोसँग खोलेर सुन्नुस्।’ उनले हिजोकै विषयलाई दोहोर्याउँदै आफ्नो भनाइप्रति दृढ रहिन्।
गौतमले भनिन्,‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनुपर्ने त होइन होला नि? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ भने त्यो मेरो समस्या होइन। जसको समस्या हो, उसैको उपचार गरियोस्।’
उनले आफूले बोलेको प्रत्येक कुराको पूर्ण जिम्मेवारी लिन तयार रहेको बताइन्। उनले थपिन्, ‘यो सत्य हो, प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभएको छ। तर, यो पनि सत्य हो, प्रधानमन्त्री जानुभएको कार्यक्रममा नेपालीहरू कार्यक्रममा भाग लिने नाममा गएका थिए, तर सबै फर्किएका छैनन्, केही उतै बसेका छन्।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 