प्रदेश खेलकुद परिषद् सदस्य नियुक्तिमा भागबण्डा, यी भए मनोनीत

हिमाल प्रेस ३१ असार २०८२ २१:२३ | Tuesday, July 15, 2025
प्रदेश खेलकुद परिषद् सदस्य नियुक्तिमा भागबण्डा, यी भए मनोनीत

पोखरा- प्रदेश खेलकुद परिषद् गण्डकीमा सदस्यहरू मनोनीत भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा गण्डकी प्रदेश सरकारले सदस्यहरु मनोनयन गरेको हो। नियुक्तिमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले भागबण्डा गरेका हुन्।

प्रदेश खेलकुद विकास ऐन, २०७७ को परिच्छेद २ (३) बमोजिम आगामी ४ वर्षे कार्यकालका लागि परिषद् सदस्यहरु मनोनयन गरिएको हो।

सोमबार परिषद्का अध्यक्षसमेत रहेका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री मन्त्री विन्दुकुमार थापाको उपस्थितिमा सदस्यसचिव श्रीधर शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

ऐनको परिच्छेद २ को उपधारा ३ बमोजिम नियुक्त हुनेमा गोरखाका भेनिश थापा (प्याराग्लाइडिङ), कास्कीका कृष्णबहादुर थापा (फुटबल), तनहुँकी केशमाया गुरुङ (भलिबल), कास्कीकी इन्द्राकुमारी मल्ल (एथलेटिक्स, कास्कीका रवीन्द्रबहादुर प्रजु (क्रिकेट), कास्कीकी संगीता सुवेदी (मुआथाई), दिलबहादुर गुरुङ (टेबलटेनिस) कञ्चन थापा कोइराला (तेक्वान्दो), स्याङ्जाकी सीताकुमारी गुरुङ (हाप्किडो), गोरखाका सागर गुरुङ (कराते), कास्कीका विजयकुमार आलेमगर (कराँते) र स्याङ्जाकी रेखमाया गुरुङ (तेक्वान्दो) छन्।

प्रदेश खेल संघबाट खेलकुद विकास ऐनको परिच्छेद २ को उपधारा ३ को (ञ) बमोजिम परिषद् अध्यक्षले ३ जना मनोनयन गरेका छन्। उनीहरूमा गण्डकी प्रदेश फुटबल संघबाट अनिषा तुलाचन, गण्डकी प्रदेश भलिबल संघबाट भीम पराजुली र हाप्किडो प्रदेश संघबाट खिम पुनमगर हुन्।

नियुक्ति भएकामध्ये १२ जनाले मंगलबार नै शपथ ग्रहण गरेका छन्। दिलबहादुर गुरुङ, अनिषा तुलाचन र सागर गुरुङको शपथ हुन बाँकी छ । दिलबहादुर विदेश छन् भने अनिषा मुस्ताङ टाढा भएकाले आउन सकिनन् । अर्का सागर आउँदाआउँदै छुटेको सदस्यसचिव श्रीधर शर्माले जनाए।

नियुक्ति हुनेमा दोस्रो कार्यकालका लागि दिलबहादुर गुरुङ दोरिएका हुन् । उनी नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्षसमेत हुन् । रवीन्द्र प्रजु पोखरामा वडाध्यक्ष भइसकेका व्यक्ति हुन्।

नियुक्त हुनेहरू अधिकांश कास्कीका हुन् । प्रदेश खेलकुद परिषद्का पहिलो कार्यकालका सदस्यसचिव तेजबहादुर गुरुङ हुन्।

यसअघि गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिको पदाधिकारीहरु नियुक्तिमा पनि एमाले–कांग्रेसले भागबण्डा गरेका थिए।

प्रकाशित: ३१ असार २०८२ २१:२३ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast