प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक पेस हुने

हिमाल प्रेस २९ असार २०८२ ६:३१ | Sunday, July 13, 2025
प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक पेस हुने प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित: २९ असार २०८२ ६:३१ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast