प्रतिनिधिसभाको बैठक बस्दै

हिमाल प्रेस ८ साउन २०८२ ७:४३ | Thursday, July 24, 2025
प्रतिनिधिसभाको बैठक बस्दै प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा १ बजे बस्नेछ। आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित: ८ साउन २०८२ ७:४३ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast