प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।
काठमाडौँ- संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको छ। प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन्।


