पूर्व आयुक्त इला शर्माको ‘कार्डियाक अरेस्ट’का क्रममा निधन

हिमाल प्रेस २९ असार २०८२ ७:०६ | Sunday, July 13, 2025
पूर्व आयुक्त इला शर्माको ‘कार्डियाक अरेस्ट’का क्रममा निधन

काठमाडौँ- निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ। उनको शनिबार नर्भिक अस्पतालमा निधन भएको हो। परिवार स्रोतका अनुसार सामान्य चेकअपमा अस्पताल गएकी उनको ‘कार्डियाक अरेस्ट’ भएको चिकित्सकले जनाएका थिए।

उनको चिनजानकाहरूले शर्माको निधनलाई ‘स्तब्ध’ बनाएको उल्लेख गरेका छन्। पत्रकार बबिता बस्नेतले इलाको निधनले आफूलाई भावुक बनाएको जनाएकी छन्। उनले गत बुधबार मात्र आफूहरूको भेट भएको जानकारी दिँदै इलाको अवस्था सामान्य रहेको बताएकी छन्।

पूर्वपत्रकार एवं राप्रपा नेपालकी नेत्रृ अन्जना शाह रावलले इलाको निधनले ‘जीवन साच्चिकै अकल्पनीय रहेछ’ भन्ने हेक्का भएको जनाएकी छन्। पूर्वपत्रकार समेत रहेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्।

६२ वर्षीया शर्माका दुई छोरी छन्। उनको आइतबार अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ।

प्रकाशित: २९ असार २०८२ ७:०६ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast