 
                             
                                            पाल्पा- जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारीसाधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व संकलन गरेको छ। यो रकम आर्थिक वर्ष २०७८/०७९ देखि चालु आवको जेठ मसान्तसम्मको हो।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन, निर्धारित भाडाभन्दा बढी असुली, निजी सवारीसाधनलाई भाडाका गाडीले यात्री ओसारपसार गरेझै रकम असुलीलगायत गैरकानुनी काम गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप संकलन भएको हो।
तीन वर्षमा २४३ सवारी दुर्घटना भएकामा १२४ जनाले ज्यान गुमाएका तथा ८३ जना घाइते भएका थिए। जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्तिका कारण सडक दुर्घटना बढेको उनले बताए।
                            प्रकाशित: २६ असार  २०८२ १०:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 