पाँच दिनभित्र शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई समितिको निर्देशन

हिमाल प्रेस २२ असार २०८२ १७:०४
पाँच दिनभित्र शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई समितिको निर्देशन

काठमाडौँ- विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई पाँच दिनको समय दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज बसेको समितिको बैठकमा विधेयक पारित गर्न अझ केही समय आवश्यक रहेको भन्दै माग गरेका थिए। तर अधिकांश सांसदहरूले भने विधेयक आजै पारित गर्नुपर्ने अडान राखेका थिए।

यद्यपि, समितिका सभापति अम्मरबहादुर थापाले सहमति प्रक्रियाका लागि पाँच दिनको समय दिने निर्णय गरेका छन्। उनले भने, ‘पाँच दिनभित्र सहमति गरेर आउनू, त्यसअघि मलाई बैठक बोलाउन एक दिनको तयारी समय चाहिन्छ।’

यसअघि पनि असार १६ गते शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो। अहिले शिक्षकमाथिको विषयमा शिक्षक महासंघसँगको वार्ता जारी रहेकाले थप समय मागिएको हो।

प्रकाशित: २२ असार २०८२ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast