पहिरोले बगायो गुड्दै गरेको मोटरसाइकल, एक जनाको मृत्यु

हिमाल प्रेस २४ असार २०८२ २०:४०
पहिरोले बगायो गुड्दै गरेको मोटरसाइकल, एक जनाको मृत्यु पहिराे। प्रतिनिधिमूलक तस्बिर।

बुटवल- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा सिद्धबाबा नजिकै मंगलबार साँझ माथिबाट खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ।

तिनाउ गाउँपालिका-३, सिद्धबाबा पहिरो क्षेत्रमा बुटवलबाट पाल्पा रामपुर जाँदै गरेको लु ५१  प ६६३३ नम्बरको मोटरसाइकलमा सवार श्रीमान श्रीमती घाइते भएका थिए।

घाइतेमध्ये चालक पाल्पा रामपुर नगरपालिका-६, तालपोखरा निवासी ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। उनकी श्रीमती २९ वर्षीया कल्पना चापागाईँ भने सामान्य घाइते भएको प्रहरीको भनाइ छ। पहिरोले गुड्दै गरेको मोटरसाइकललाई बगाएर सडकबाट तल पुर्‍याएको थियो।

मोटरसाइकल चालक भण्डारी सडकबाट उछिटिएर सडक तल र कल्पना सडक छेउमा अड्किएको अवस्थामा दोभान प्रहरी चौकीले उद्धार गरेको थियो। भण्डारी र चापागाईँलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिए पनि चिकित्सकले भण्डारीलाई मृत घोषित गरे। चापागाईँको भने उपचार भइरहेको छ।

*अपडेट गरिएको

प्रकाशित: २४ असार २०८२ २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast