नेप्से परिसूचक चार वर्षयताकै उच्च

हिमाल प्रेस १३ साउन २०८२ १६:५१ | Tuesday, July 29, 2025
नेप्से परिसूचक चार वर्षयताकै उच्च सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले मंगलबार एक वर्षपछि पहिलोपटक ३,००० अंकको सीमा पार गरेको छ। मंगलबार नेप्से ३०.७६ अंकले वृद्धि भई ३,००२.०७ अंकमा बन्द भएको हो। यो २०७८ भदौ ३१ यताकै सबैभन्दा उच्च बिन्दु हो। त्यस दिन नेप्से परिसूचक ३,१९८ अंक पुगेको थियो।

मंगलबारको कारोबारमा १७६ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको थियो भने ७४ कम्पनीका सेयर घटेका थिए। सो दिन सबैभन्दा धेरै कारोबार भएको कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड हो, जसको सेयरमा ६४ करोड ४१ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसपछि ग्रिन भेन्चर्स लिमिटेडको ६३ करोड ८२ लाख ४० हजार रुपैयाँ र नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ५६ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

उक्त दिन १३ वटामध्ये केवल तीनवटा उपसूचकांकहरूमा मात्रै गिरावट देखिएको छ। १० उपसूचकांक हरियाली क्षेत्रमा बन्द भए। ‘अन्य’ उपसूचकांक सबैभन्दा धेरै २.५८ प्रतिशतले बढ्यो। माइक्रोफाइनान्स र बैंकिङ उपसूचकांक क्रमशः १.६९ र १.३२ प्रतिशतले वृद्धि भएका छन्।

मंगलबार नेप्सेमा एक लाख ५७ हजार ५२५ वटा कारोबारमार्फत ८ अर्ब ५२ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएका छन्।

प्रकाशित: १३ साउन २०८२ १६:५१ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast