 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरूको मुख्य दोष रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक कार्यक्रममा बोल्दै विप्लवले कम्युनिष्ट र त्यसमा पनि माओवादीका कारण नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण भएको बताएका हुन्।
उनले कम्युनिष्टहरूले आफ्नो विचार, वर्ग, आदर्शलाई छोडेका कारण मुलुक लथालिङ्ग भएकाले अरूलाई दोष दिएर उम्कने ठाउँ नरहेको धारणा राखे।
उनले तत्कालीन अवस्थामा केपी ओली प्रधानमन्त्री हुँदा नेकपासँग गरेको तीन बुँदे सहमति अझै लागू नभएको भन्दै उक्त सहमति लागू गर्न माग गरे। उनले आफूहरू कम्युनिष्ट सिद्धान्तमा अघि बढेको भन्दै कुर्सीका लागि मरिहत्ते गर्ने पार्टी आफ्नो नभएको जिकिर गरे। विप्लवले अब आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने र आफूलाई जिताउन जनतालाई आह्वान गरिने स्पष्ट पारे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 