नेपालविरुद्ध ४ गोल गर्दै बंगलादेश बन्यो साफ यू-२० महिला फुटबलको च्याम्पियन

हिमाल प्रेस ५ साउन २०८२ २१:३६ | Monday, July 21, 2025
नेपालविरुद्ध ४ गोल गर्दै बंगलादेश बन्यो साफ यू-२० महिला फुटबलको च्याम्पियन

काठमाडौँ- बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलमा नेपाललाई ४-० ले पराजित गर्दै बंगलादेशले उपाधि उचालेको छ।

अन्तिम खेलमा जित निकाल्नै पर्ने अवस्थामा रहेको नेपालले घरेलु टोलीको उत्कृष्ट प्रदर्शनको सामना गर्न सकेन। बंगलादेशलाई उपाधिका लागि बराबरी नै पर्याप्त थियो। तर उनीहरूले नेपालविरुद्ध एकतर्फी जित निकाल्दै उपाधि सुनिश्चित गरे।

खेलमा बंगलादेशकी मोसम्मत सागरिकाले चार गोल गर्दै नेपालमाथि दबदबा कायम राखिन्। उनी यसअघि नेपालविरुद्धकै पहिलो खेलमा रातो कार्ड खाएर तीन खेलको प्रतिबन्धमा परेकी थिइन्। प्रतिबन्ध पूरा गरी फर्केकी सागरिकाले ८औं मिनेटमै पहिलो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्।

दोस्रो हाफमा उनले थप तीन गोल गर्दै ह्याट्रिक पूरा मात्र गरिनन्, ७८औं मिनेटमा चौथो गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन्।

यसअघिका खेलहरूमा नेपालले श्रीलंका र भुटानमाथि सानदार जित निकाले पनि निर्णायक खेलमा भने सागरिकाको प्रदर्शन सामु निरीह देखियो।

नेपाल उपविजेतामा सीमित रहँदा बंगलादेशले घरेलु मैदानमा उपाधि जित्दै पुनः आफ्नो दबदबा कायम राख्न सफल भयो।

प्रकाशित: ५ साउन २०८२ २१:३६ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast