नेपालमा पहिलोपटक हरर फिल्म फेस्टिभल हुँदै

हिमाल प्रेस ४ साउन २०८२ १०:४० | Sunday, July 20, 2025
नेपालमा पहिलोपटक हरर फिल्म फेस्टिभल हुँदै

काठमाडौँ- नेपालमा पहिलो पटक हरर, काल्पिनक र लोककथामा आधारित फिल्म फेस्टिभल हुने भएको छ।  फेस्टिभलकाे नाम ‘काठमाडौँ हरर फिल्म फेस्ट’ राखिएकाे छ।

अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ अर्थात आगामी कात्तिक १४-१६ गतेसम्म महोत्सव गर्न लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए।

उनका अनुसार नेपालमा यी विधाका धेरै फिल्म नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था छ। महोत्सवले नेपालमा यस्ता फिल्म निमार्णमा थप सजिलो बनाउने उनको विश्वास छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए।

महोत्सवको उद्देश्य नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित फिल्महरूलाई प्रवद्र्धन गर्ने र यी विधाका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई छ। महोत्सवमा सहभागि हुन चाहाने फिल्महरूको लागि आवेदन पनि खुलाइए पाठकको भनाई छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुने महोत्सवमा उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्मलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: ४ साउन २०८२ १०:४० | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast