नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ : जनार्दन शर्मा

हिमाल प्रेस ६ साउन २०८२ २१:१३ | Tuesday, July 22, 2025
नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ : जनार्दन शर्मा फाइल तस्बिर।

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले दलका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ विषयक कार्यक्रममा बोल्दै उनले खुलेआम भ्रष्टाचार बढ्दै गएकाले नेताहरूको सम्पत्ति छानबिनका लागि पार्टीमा आवाज पनि उठाएको बताएका हुन्।

नेताहरूकै कारण जनतामा निराशा बढ्दै गएको उनले बताए।  अहिले राजनीतिक दलहरूको ध्यान देश र जनतामा भन्दा पनि गठबन्धन बनाउने र सरकार जोगाउनेमा केन्द्रित रहेको शर्माले जिकिर गरेका छन्।

प्रकाशित: ६ साउन २०८२ २१:१३ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast