निजामती कर्मचारी ऐन चालु अधिवेशनबाटै पारित हुन्छ : मन्त्री न्यौपाने

हिमाल प्रेस ११ साउन २०८२ १८:४४ | Sunday, July 27, 2025
निजामती कर्मचारी ऐन चालु अधिवेशनबाटै पारित हुन्छ : मन्त्री न्यौपाने

दमौली (तनहुँ)- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुने बताएकी छन्।

नेपाल निजामती कर्मचारी संगठन तनहुँले आज (आइतबार) यहाँ आयोजना गरेको सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री न्यौपानेले निजामती कर्मचारी ऐन आइसकेपछि कर्मचारीका धेरै समस्या सम्बोधन हुने उल्लेख गरिन्।उनले प्रतिनिधिसभाबाट उक्त ऐन राष्ट्रियसभामा आएको र राष्ट्रियसभाले पारित गरेर पुनःप्रतिनिधिसभा पठाएपछि त्यहाँबाट ऐन जारी हुने बताइन्।

मन्त्री न्यौपानेले ऐन आइसकेपछि कर्मचारीका धेरै सवाल समाधान हुने बताइन्। उनले संघीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन भएन भन्ने सवाल पनि ऐनले समाधान गर्ने विश्वास व्यक्त गरिन्।

कर्मचारी प्रशासनमा केही समस्या रहेको उल्लेख गर्दै उनले त्यस्ता सबै समस्या समाधान गरिने बताएकी हुन्। रासस

प्रकाशित: ११ साउन २०८२ १८:४४ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast