निजगढ विमानस्थल निर्माणमै अन्योल छ : मन्त्री पाण्डे

हिमाल प्रेस १५ साउन २०८२ १५:१५ | Thursday, July 31, 2025
निजगढ विमानस्थल निर्माणमै अन्योल छ : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे।

काठमाडौँ– संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नु बताएका छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा गरेको छ्लफलमा बोल्दै मन्त्री पाण्डेले मन्त्रालयअन्तर्गत पाँच आयोजना रहेको भए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भैसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नु पर्ने बताएका हुन्।

मन्त्री पाण्डेले यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै देशले फाइदा लिनुपर्ने बताए।

यस्तै पशुपति र लुम्बिनीको गुरु योजनाअनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ थियो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाको रुपमा राखेको भए पनि यसको निर्माणमा नै अन्योल रहेको उनले बताए।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको लागि अपरिहार्य रहेकाले यसको निर्माण र सञ्चालन मोडालिटी बनाएर आगाडि बढ्ने मन्त्री पाण्डेले जानकारी दिए। भैरहवा र पोखरा विमानस्थल नचल्नुमा रुटको समस्यामात्र नभएको र सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागू नगर्दा समस्या आएको उनको भनाइ थियो।

लामो समयपछि अहिले नेपाल एयरलाइन्सका सबै जहाज सञ्चालनमा रहेको बताउँदै नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषयमा समेत छलफल जारी रहेको उनको भनाइ थियो।

प्रकाशित: १५ साउन २०८२ १५:१५ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast