नाली व्यवस्थित नगरिँदा बाढी धानबालीमा

हिमाल प्रेस ८ साउन २०८२ १२:२० | Thursday, July 24, 2025
नाली व्यवस्थित नगरिँदा बाढी धानबालीमा

भोजपुर- खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे (साउने) धानबालीमा क्षति पुगेको छ। सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो।

सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका-५ का किसान विश्वराज तामाङले बताए। सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन जना किसानको धानबालीमा क्षति पुगेको उनले जानकारी दिए। उनले भने, ‘नालीलाई व्यवस्थित नगरिँदा माथिबाट भेला आएर पानी खेतमा पसेको हो। बर्सेनि धानबालीमा बाढी पसेर क्षति गर्दै आएको छ।’

खेतमा पहिलो कमाइ बर्खे धानबालीमा उठाएपछि दास्रो बाली विस्तार गर्ने किसान बताउँछन्। बर्सेनि खेतीयोग्य भूमि बाझिँदै गइरहेकाले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सकजीकरण गर्नुपर्ने तामाङले बताए।

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।

प्रकाशित: ८ साउन २०८२ १२:२० | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast