 नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर
                             नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर
                                            काठमाडौँ- बर्खास्तीमा परेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन्। विधानविपरित आफूलाई अध्यक्ष पदबाट हटाउने प्रयत्न भएको भन्दै श्रेष्ठले संसदीय दलका नेता चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेकी हुन्।
पार्टीको अन्तरिम विधान २०७८ को धारा १७ अनुसार किन कारबाहीयोग्य काम गरेको भन्दै श्रेष्ठले संसदीय दलका नेता चौधरीसँग २४ घन्टे स्पष्टीकरण सोधेकी हुन्।
अध्यक्षको अनुमति र उपस्थितिविना केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेको उनको आरोप छ।
बहुमत केन्द्रीय सदस्यहरूको बुधबार बसेको बैठकले साधारण सदस्यसमेत नरहने गरी श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको थियो। केन्द्रीय समितिको बैठकले यो निर्णय गरेलगत्तै आफू नाउपाको अध्यक्ष कायमै रहेको भन्दै श्रेष्ठले चौधरीलाई स्पष्टीकरण सोधेकी हुन्।
निर्वाचन आयोगले अवैधानिक ठहर गरिसकेको महाधिवेशनको आधारमा आफूलाई महासचिव भनेर पत्राचार गरेको र यो कार्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा असर पु¥याउने खालाको रहेको श्रेष्ठले जिकिर गरेकी छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 