नवीन चन्द्र अर्यालको डेब्यु निर्देशित नाटक ‘कागताली’ साउन ७ देखि मञ्चन

हिमाल प्रेस ५ साउन २०८२ ११:४५ | Monday, July 21, 2025
नवीन चन्द्र अर्यालको डेब्यु निर्देशित नाटक ‘कागताली’ साउन ७ देखि मञ्चन

काठमाडौँ- टेकुस्थित कौसी थिएटरमा नाटक ‘कागताली’ मञ्चन हुने भएको छ। माउन्टेन र्याट्स मोसन पिक्चर्स, एक थिएटर नेपाल र कौसी थिएटरको संयुक्त प्रस्तुतिमा मञ्चन हुन लागेको हो। नाटक यही साउन ७ देखि ३१ गतेसम्म मञ्चन हुनेछ। 

नाटक नवीन चन्द्र अर्यालको लेखन तथा निर्देशनमा बनेको छ। याे उनकाे डेब्यु निर्देशित नाटक हाे। उनकाअनुसार २०५० सालको दशकमा सेट गरिएको नाटकमा एक परिवार मिलेर कुनै उत्सव मनाइरहँदा एक सदस्यको रहस्यात्मक मृत्यु हुन्छ र त्यसपछिको रहस्य वरिपरि नै नाटक घुमेको निर्देशक अर्यालले बताए।

नाटकमा बास्ना तिमिल्सिना, रुपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत कौचा, सुष्मा निरौला, दीपेन्द्र शाही,  युबिना भट्टराई र आकृति बुढाथोकीको अभिनय देख्न सकिन्छ। नाटकमा सविन भट्टराई र विष्णु राईकाे सह- निर्देशन छ।

यही साउन ३१ गतेसम्म नाटक मंगलबार बाहेक साताको प्रत्येक दिन साझ ५ः३० बजे मञ्चन हुने टिमले जनाएकाे छ। शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

प्रकाशित: ५ साउन २०८२ ११:४५ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast