‘द फेस नेपाल भोल्युम ५’ को फिनालेमा ८ जनाबीच प्रतिष्पर्धा

हिमाल प्रेस ३१ असार २०८२ ११:४५ | Tuesday, July 15, 2025
‘द फेस नेपाल भोल्युम ५’ को फिनालेमा ८ जनाबीच प्रतिष्पर्धा

काठमाडौँ- नेपालकै पहिलो मोडलिङ रियालिटी सो ‘द फेस नेपाल भोल्युम ५’ को फिनालेमा ८ जनाबीच प्रतिष्पर्धा हुने भएको छ। फिनालेकाे प्रतिष्पर्धीमा एलिना चौधरी, एलेन थापा, गणेश क्षेत्री, इर्भान वीर सिंह कंशकार, प्राश्ना श्रेष्ठ, प्रतिष्ठा रिजाल, तृषा चेम्जोङ र जोस गरेट छन्।

पाँचौं सिजन १८ जना सहभागी थिए। हरेक एपिसोडमा प्रतियोगी छाँटिदै फिनालेका लागि ८ जना पुगेका हुन्। प्रतियोगिताको फिनाले आगामी बिहीबार अर्थात् साउन १ गते होटल सोल्टीमा हुँदैछ।

प्रतियोगिताको उपाधि विजेताले द फेस नेपालको ब्राण्ड एम्बासडरसँगै ७ लाख रुपैयाँ बराबरको उपहार, म्युजिक भिडियो, विज्ञापनमा मोडलिङको अवसरलगायतको पुरस्कार प्राप्त गर्नेछन्।

सो यु क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजनामा रहेको हो। नेपालमा मोडलहरूले अझ राम्रो ‘एक्सपोजर’ नपाइरहेकोले उनीहरूलाई ‘एक्सपोज’को प्लेटफर्म दिन सो आयोजना गरिएको संस्थाकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले बताइन्।

स्वीकृति पनि १० वर्षदेखि मोडलिङमा सक्रिय छिन्। ‘म १० वर्षदेखि मोडलिङमा लाग्दा एक्सपोजर पाउनुपर्ने भए पनि अहिलेको मोडलहरूले मोडलिङमा लाग्ने बित्तिकै एक्सपोजर पाइहाल्नुपर्ने भन्ने भएकाले यो रियालिटी सो निर्माण गरेका हौँ’, उनले भनिन्, ‘नेपालमा मोडलिङ इभेन्टहरू भए पनि मोडलले निरन्तरता दिए अनुसारको हाइप बनाउन सकेका छैनन्। त्यसले हामी उनीहरूलाई अवसरको ढोका खोल्न चाहन्छौँ।’

स्वीकृतिले फाइनलिस्टहरूको फ्यान फलोइङ राम्रो भएकाले शोमार्फत उनीहरुको आन्तरिक प्रतिभालाई बाहिर ल्याउन चाहेको खुलाइन्। एजेन्सीका संस्थापक सम्शाद शाहले नेपालमा मोडलिङलाई धेरै राम्रो नमानेकै कारण युवाहरू विदेश गइरहेको बताए। सोमार्फत युवालाई नेपालमै काम गर्न सकिन्छ भनेर प्लेटफर्म दिन चाहेको उनकाे भनाइ थियाे।

प्रकाशित: ३१ असार २०८२ ११:४५ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast