दोस्रो सिजनको एनपीएलका लागि खेलाडी दर्ता सुरु

हिमाल प्रेस २९ असार २०८२ ६:३९ | Sunday, July 13, 2025
दोस्रो सिजनको एनपीएलका लागि खेलाडी दर्ता सुरु

काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला भएको जनाएको हो।

क्यानका अनुसार खेलाडीले आफ्नो इच्छाअनुसार ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा आफ्नो नाम दर्ता गराउने सक्नेछन्। पहिलो संस्करणबाट रिलिज भएका वा एनपीएलमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले https://npl-t20.com/registration मा गएर नाम दर्ता गर्न सक्ने उसले जनाएको छ। दर्ता शुल्क एक हजार कायम गरिएको छ ।

साउन ६ गतेसम्म दर्ता खुला रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। यसअघि एक टिमले मार्कीसहित ७ जना खेलाडी रिटेन (पहिलो सिजनका खेलाडीलाई निरन्तरता) गरेको थियो। ५२ खेलाडी ८ दिनमा रिटेन भएका छन्।

प्रकाशित: २९ असार २०८२ ६:३९ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast