त्रिशूलीमा पुरुषको शव फेला

हिमाल प्रेस २६ असार २०८२ १६:०३ | Thursday, July 10, 2025
त्रिशूलीमा पुरुषको शव फेला त्रिशूली नदी।

भरतपुर- इच्छाकामना गाउँपालिका-६ कालिखोलास्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ।

केही अंग नभएको अवस्थामा अन्दाजी ४५-५० वर्षको देखिने सो शव फेला परेको हो। शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए।

उक्त शव गत मंगलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ असार २०८२ १६:०३ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast