तनहुँमा पाडीबाच्छी हुर्काउन कृषकलाई ३० लाख अनुदान

हिमाल प्रेस २७ असार २०८२ ९:३६ | Friday, July 11, 2025
तनहुँमा पाडीबाच्छी हुर्काउन कृषकलाई ३० लाख अनुदान

तनहुँ- भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ। केन्द्रले चालु आर्थिक वर्ष २०८१/८२ मा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप २९ लाख ९० हजार अनुदान दिएको हो।

केन्द्रका प्रमुख रविन्सन अधिकारीका अनुसार १२९ जना किसानलाई २९९ वटा पाडीबाच्छी हुर्काएबापत १० हजारका दरले अनुदान वितरण गरिएको हो। अनुदानका लागि ३२१ वटा पाडाबाच्छी पालेका किसानले आवेदन दिएका थिए।

कार्यालयले गत आर्थिक वर्षमा ३२७ कृषकलाई ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको थियो। त्यस वर्ष ६०४ पाडाबाच्छी हुर्काएबापत अनुदान उपलब्ध गराइएकामा चालु आवमा बजेट घटेकाले कम किसान लाभान्वित भएका छन्।

गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण कार्यक्रम कार्यान्वयन गर्दै आएको छ।

प्रकाशित: २७ असार २०८२ ९:३६ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast