ड्रिल गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

हिमाल प्रेस ३० असार २०८२ १७:२८ | Monday, July 14, 2025
ड्रिल गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

कावासोती-३ स्थित एक सरकारी भवन निर्माण गर्ने क्रममा बर्दियाको ठाकुरबाबा–२ घर भई हाल कावासोतीमा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए।

ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको थियो। घाइते थारुको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो।

प्रकाशित: ३० असार २०८२ १७:२८ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast