डेलिभरी र सुशासनका क्षेत्रमा सरकार गम्भीर हुन जरूरी छ : महत

हिमाल प्रेस २९ असार २०८२ १९:०१ | Sunday, July 13, 2025
डेलिभरी र सुशासनका क्षेत्रमा सरकार गम्भीर हुन जरूरी छ : महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारको एक वर्ष समग्रमा मिश्रित रहेको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले वर्तमान सरकारको एक वर्षमा जनताको आवश्यकता र अपेक्षा पूर्ण रुपमा पुरा हुन नसके पनि केही राम्रा कुराहरु भएको बताएका हुन्।

डेलिभरी र सुशासनका क्षेत्रमा वर्तमान सरकार अझ बढी गम्भीर भएर अघि बढ्नुपर्ने उनले बताए। महतले सरकारले आफ्ना संयन्त्रलाई मजबुत गरी जनताको सेवामा ध्यान दिँदै काम गर्नुपर्नेमा जोड दिए।

आगामी दिनमा प्रश्न उठ्न नदिने गरी सरकारले आफ्नो काम कारबाहीलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै महतले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा गहिराईमा गएर हेर्नुपर्ने धारणा राखे।

पदको दुरुपयोग हुने ठाँउ राख्न नहुने भन्दै उनले यस विषयमा सत्यतथ्य बाहिर आउनुपर्नेमा जोड दिए।

प्रकाशित: २९ असार २०८२ १९:०१ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast