डा.भट्टराईको टिप्पणी- पुराना दल असफल, अबको राजनीति नयाँ र वैकल्पिक शक्तिहरूको हातमा

हिमाल प्रेस २९ असार २०८२ १०:०३ | Sunday, July 13, 2025
डा.भट्टराईको टिप्पणी- पुराना दल असफल, अबको राजनीति नयाँ र वैकल्पिक शक्तिहरूको हातमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको संरचनात्मक समस्याको समाधान अब पुराना दलहरूबाट सम्भव नरहेको बताएका छन्। वर्तमान सरकारको एकवर्षे कार्यकाललाई मूल्यांकन गर्दै उनले अब नेपाली राजनीतिमा नयाँ र वैकल्पिक शक्तिहरूको उदय अपरिहार्य भएको बताएका हुन्।

उनका अनुसार संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विगतजस्तै समस्याहरूलाई जस्ताकोतस्तै राखेको छ। यसबाट जनताले यथार्थ बुझेका छन्- जोसुकैको नेतृत्व आए पनि पुराना संरचनाभित्रबाट मुलुक अगाडि बढ्न सक्दैन।

संस्थागत भ्रष्टाचार, बेरोजगारी, परनिर्भरता, अल्पविकास र पर्यावरण विनाशजस्ता दीर्घकालीन समस्याहरू समाधानमा सरकार पूर्णतः असफल भएको उल्लेख गर्दै भट्टराईले तेस्रो ठूलो दलका ‘एकल सुप्रिमो’ पनि असफल भइसकेको दृष्टान्त पेस गरेका छन्।

‘अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोचाँडो आउने निश्चित छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सवाल अब यो हो- उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्न सक्छन्?’

जनतालाई पुराना राजनीतिक प्रवृत्तिबाट सचेत भएर विकल्प खोज्न आह्वान गर्दै उनले अन्त्यमा भनेका छन्- ‘सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि?’

प्रकाशित: २९ असार २०८२ १०:०३ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast