ट्रकबाट त्रिपाल हटाउने क्रममा करेन्ट लागेर एकको मृत्यु, दुईको अवस्था गम्भीर

हिमाल प्रेस १ साउन २०८२ १०:५७ | Thursday, July 17, 2025
ट्रकबाट त्रिपाल हटाउने क्रममा करेन्ट लागेर एकको मृत्यु, दुईको अवस्था गम्भीर सांकेतिक तस्बिर।

सर्लाही- लालबन्दी नगरपालिका-१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका-७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो।

एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो।

उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १ साउन २०८२ १०:५७ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast