‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्दै ‘पाँडे’, आजदेखि छायांकन सुरु

हिमाल प्रेस १५ साउन २०८२ ११:४३ | Thursday, July 31, 2025
‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्दै ‘पाँडे’, आजदेखि छायांकन सुरु

काठमाडौँ- चर्चित टेलिसिरियल ‘भद्रगोल’ निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे) ले फिचर फिल्म बनाउने भएका छन्। फिल्मको नाम ‘झरीपछिको इन्द्रेणी’ राखिएको छ। यो उनको डेब्यु निर्देशन हो।

ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा बिहीबार फिल्मको शुभ मुहूर्त गरिएको छ। मुहूर्तसँगै आजबाट छायांकन पनि सुरु गरिएको छ। फिल्म काठमाडौँ, ललितपुर र भक्तपुरमा खिचिनेछ। बुद्ध थापाले छायांकन गर्नेछन्।

पारिवारिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ४५ दिन रखिएको छ। कुमार व्यञ्जनकार (कुमार बेन) को कथा रहेको फिल्म अर्जुन घिमिरे र विशाल घिमिरेले पटकथा लेखेका छन्।

फिल्ममा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी) जोडिएकी छन्। अन्य कलाकार पनि भित्रिन सक्ने निर्देशक पाँडेले बताए।

यही फिल्मबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेती कमब्याक गर्दैछन्। राम्रो टिमबाट कमव्याक गर्न पाउँदा आफू निकै उत्साहित रहेको कलाकार उप्रेतीले बताए।

फिल्ममा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहनेछ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा सुशील कडरियाको लगानी रहनेछ। फिल्ममा गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, रास्वापा नेता गणेश कार्कीको गीत रहनेछ।

गत वर्षको फागुनमा उनको टिम जेपिटी क्रियसनले फिल्म ‘लाज शरणम्’ निर्माण गरेकाे थियाे फिल्ममा अर्जुन घिमिरे (पाँडे)ले मुख्य भूमिकामा अभिनयसमेत गरेका थिए।

प्रकाशित: १५ साउन २०८२ ११:४३ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast