लघुकथा

झमेला

ईश्वर पोखरेल ३ साउन २०८२ १८:१८ | Saturday, July 19, 2025
झमेला

फ्रेन्ड रिक्वेस्ट पठाउनु भएछ।

महत्त्व दिएझैँ लाग्यो। दंग परियो।

एसेप्ट गरेँ।

कथाकविता लेख्नुहुन्छ भन्ने थियो। रचनाहरू पोस्ट गर्नु हुँदोरहेछ। फेसबुक ग्रुप पनि रहेछ।

ती पोस्ट पढ्दा प्रारम्भमा रमाइलै लाग्यो। लाइक र कमेन्ट पनि गर्दै आएँ।

कमेन्ट पढ्नु हुँदो रहेछ। मेरा कमेन्टमा पनि उहाँको लाइकको चिह्न हुन्थ्यो।

फेसबुकमा धेरैजनाले लेख्छन्। ती सबै पढ्न र कमेन्ट गर्न पनि गाह्रो। यता, दालभात जुटाउने मेलो पनि गर्नैपर्ने।

उसो त म आफैँ पनि फेसबुकमा फोटो पोस्ट गर्छु। कनिकुथी मनका कुरा लेख्छु पनि। मेरो पोस्टमा उहाँको लाइक/कमेन्ट नहुने।

लाइक र कमेन्ट भनेको ऐँचोपैँचो जस्तै! त्यो मेरो मनले पनि खोज्दो रहेछ- मलाई पनि चाहिने भएछ। मेरो लाइक र कमेन्ट पनि कसोकसो मेरा पोस्टमा ककसले लाइक गरेका छन् भन्ने कुराबाट प्रभावित हुन थालेछ।

उहाँ लाइकसाइक नगर्ने।

केही यता उहाँ छुट्नु भएछस छुट्दै आउनु भएछ।

एक दिन भेटमा भन्नु भो- ‘हामी फेसबुकमा छैनौँ र ? कि फेसबुक चलाउनु हुन्न?’

मैले टाउको निहुराइरहेँ।

फेसबुकमा कोहीसँग फ्रेन्ड हुनुको अर्थ एकोहोरो उसको पोस्टमा लाइक÷कमेन्ट गर्नु मात्र हो र! कसैको फेसबुकमा फ्रेन्ड हुनु भनेको उसको पोस्टमा एउटा पाठकका रूपमा आफू थपिनु मात्र हो र!!

फेसबुक नाथे पनि नयाँनयाँ झमेला मात्र जन्माउँछ भन्या!!

प्रकाशित: ३ साउन २०८२ १८:१८ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast