‘जोगिन्दर पानवाला’ ले ल्याए गाईजात्रे कमेडी ‘मिसन नौटंकी’

हिमाल प्रेस ७ साउन २०८२ १३:४४ | Wednesday, July 23, 2025
‘जोगिन्दर पानवाला’ ले ल्याए गाईजात्रे कमेडी ‘मिसन नौटंकी’

काठमाडौँ- हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले गाईजात्रे कमेडी अन्तर्गत २२ औं कोसेली ‘मिसन नौटंकी’ सार्वजनिक गरेका छन्।

गाईजात्रे कमेडी ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो। उनले देशका राजनीतिक दललाई व्यंग्य गर्दै मिसन चौरासीलाई नौटंकी’ भन्दै झटारो हानेका छन्। साथै नेताहरूको क्रियाकलाप र समाजका विकृति विसंगतिमाथि व्यङ्ग्य गरेका छन्।

मिसन चौरासी भन्दै नेताहरूलाई चुनावमा मात्र होमिनुभन्दा आफ्नो भिजन बनाएर देशमा भइरहेको व्यथिति, बेरोजगार, कृषि, शिक्षा, विकास निर्माणका कार्यहरूमा परिवर्तन ल्याउन आग्रह गरेका छन्।

कमेडीमा उनले फिल्म ‘जाजै जात्रा’ को गीत ‘लाइदेउ माया पिरिम’ मा प्यारोडी पनि बनाएका छन्। साथै उनले प्रेम र विवाह अघि र पछिका हुने परिवर्तनलाई पनि व्यंग्य गरेका छन्। काे मान्छे कसरी चिन्ने भन्दै उनले मानिसकाे लवाइखवाइ, पहिरन, हाउभाउलगायत विषयमा पनि व्यंग्य पाेखेका छन्।

हास्यकलाकार रिजालले २०६१ देखि वर्षेनी गाइजात्राको अवसरमा गाइजात्रे कोसेली ल्याइरहेका छन्।

प्रकाशित: ७ साउन २०८२ १३:४४ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast