जुनसुकै पार्टीका भए पनि महिला अगाडि आउँदा गर्व लाग्छ : प्रचण्ड

हिमाल प्रेस ७ साउन २०८२ १७:५४ | Wednesday, July 23, 2025
जुनसुकै पार्टीका भए पनि महिला अगाडि आउँदा गर्व लाग्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रले पछाडि पारिएका समुदायको जीवनमा ठूलो परिवर्तन ल्याएको दाबी गरेका छन्।

बुधबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले गणतन्त्रले महिला, दलित, आदिवासी, जनजाति लगायत सामाजिकरूपमा पछाडि पारिएका वर्गहरूलाई राज्यसत्ताको मूलधारमा ल्याउन ऐतिहासिक योगदान दिएको बताए।

‘जुनसुकै दलका भए पनि महिलाहरू पदमा आउँदा मलाई गर्व लाग्छ’ उनले भने, ‘यो नै विद्रोहको औचित्य प्रमाणित भएको संकेत हो।’

‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : एक तुलनात्मक अध्ययन’ शीर्षक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले गणतन्त्र प्राप्तिको पृष्ठभूमिमा हजारौँको बलिदान, संघर्ष र त्याग रहेको स्मरण गराए।

उनले जाति, भाषा, धर्म, संस्कृति र इतिहासको सम्मान नगरीकन राष्ट्र सफल हुन नसक्ने चेतावनीसमेत दिए। ‘देशमा केही छैन, सबै खत्तमै भयो भनेर भ्रम फैलाउने प्रवृत्तिविरुद्ध यो पुस्तक एउटा वैचारिक प्रतिवादको औजार बनेको छ,’ उनले भने।

प्रकाशित: ७ साउन २०८२ १७:५४ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast