‘जहाजैमा’मा वर्षा शिवाकोटी अनुबन्धित

हिमाल प्रेस २९ असार २०८२ ११:१८ | Sunday, July 13, 2025
‘जहाजैमा’मा वर्षा शिवाकोटी अनुबन्धित

काठमाडौँ- निर्देशक कृषा चौलागाईंको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।

फिल्मको कथा र टिम मन परेकोले काम गर्न इच्छुक भएको अभिनेत्री शिवाकोटीले बताइन्।

यसअघि फिल्ममा केदार घिमिरे, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मको कथा अभिमन्यू निरवीले लेखेका छन् भने छायांकन निर्देशन पुरुषोत्तम प्रधानले गर्नेछन्। उज्ज्वल गुरागाईंको निर्माण रहने फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण गरिनेछ।

केपी फिल्म्सको सहकार्यमा बन्ने फिल्मको छायांकन आगामी भदौ महिनाबाट जापानमा सुरु गरिनेछ। नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने फिल्मको प्रि-प्रोडक्सन तीव्र गतिमा भइरहेको छ।

यद्यपि निर्माण पक्षले छायांकन सुरु हुन दुई महिना अघिनै आगामी फागुन १ मा फिल्म्को प्रदर्शन मिति तोकिसकेको छ।

फिल्मको आरआर फिल्म्सले वितरण गर्नेछ।

प्रकाशित: २९ असार २०८२ ११:१८ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast