जनताको विश्वास जित्न दलहरूले आफ्नो भूमिका प्रभावकारी बनाउन जरुरी छ : सभामुख

हिमाल प्रेस २८ असार २०८२ १७:२९ | Saturday, July 12, 2025
जनताको विश्वास जित्न दलहरूले आफ्नो भूमिका प्रभावकारी बनाउन जरुरी छ : सभामुख सभामुख देवराज घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले जनताको विश्वास जित्ने आधार निर्माणका लागि राजनीतिक दलहरुले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

शनिबार भक्तपुरमा सोमप्रसाद मिश्रद्वारा लिखित शक्ति राष्ट्रहरुका राजनीतिक दलहरु–तुलनात्मक अध्ययन पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले संसदीय प्रणालीमा राजनीतिक दलहरुले जनताको विश्वास जितेर पुनः सदनमा आउनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन्।

नीति निर्माण गर्ने ठाउँलाई खुला राख्दै, आफ्ना विचारहरु सदनमार्फत व्यक्त गर्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई प्रभावकारी बनाउन दलहरु गम्भीर हुनुपर्ने उनले बताए।

सभामुख घिमिरेले अहिले इमान्दारी र निष्ठापूर्वक अघि बढ्दै संस्था निर्माण गनुपर्ने आवश्यकता खड्किएको जिकिर गरे। जनताको चाहना र आवश्यकताको आधारमा राजनीतिक दलहरुले नीति र नेतृत्व निर्माण गर्दै त्यसलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ।

सभामुख घिमिरेले नीति र नेतृत्व निर्माणमा देखापरेका चूनौतिहरुलाई सामना गर्दै अघि बढ्ने अवसर दलहरुसमक्ष आएको जिकिर गरे।

प्रकाशित: २८ असार २०८२ १७:२९ | Saturday, July 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast