जनकपुर हत्या घटना अपडेट : मध्यरातमा युवतीको हत्या गर्ने व्यक्तिको पहिचान

हिमाल प्रेस १३ साउन २०८२ १२:५५ | Tuesday, July 29, 2025
जनकपुर हत्या घटना अपडेट : मध्यरातमा युवतीको हत्या गर्ने व्यक्तिको पहिचान

काठमाडौँ- जनकपुरधाममा खुकुरी प्रहार गरी युवती हत्या गर्ने व्यक्तिको पहिचान खुलेको छ। सोमबार मध्यराति घरभित्र प्रवेश गरेर १५ वर्षीया युवती १५ वर्षीया अञ्जली यादवको हत्या गर्ने व्यक्तिको पहिचान खुेलेको हो।

खकुरी प्रहार गर्ने व्यक्ति धनुषा क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साह रहेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए। उनले घटनापछि साह फरार भएको र उनको खोजी कार्य जारी रहेको बताए।

जनकपुरधाम–४ स्थित मस्जिद टोलमा सूर्यनारायण चौधरीको घर एउटा कोठा ठेरा लिएर धनुषा बटेश्वर स्थायी ठेगाना भएकी अञ्जलीकी आमा अन्दाजी ३६ वर्षीया आशादेवी यादव बस्दै आएकी थिइन्। उनीसँग अञ्जली र १४ वर्षीया राधा यादव पनि त्यही कोठामा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार राति करिब सवा १२ बजेतर्फ साह अचानक कोठामा प्रवेश गरेर उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए। घाँटी काटिएर गम्भीर घाइते भएकी अञ्जलीको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा राति साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएकी अञ्जलीकी आमा आशादेवी र १४ वर्षीया बालिका राधाको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। प्रहरीले जनाएअनुसार खुकुरी प्रहारले आशादेवीको टाउको, आँखा, निधार र घाँटीको भाग काटिएको छ। राधाको भने घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार घटनाको कारण खुलेको छैन। घटनामा घाइते भएकी आशादेवी बेहोस अवस्थामा रहेकीले घटनाको विस्तृत विवरण खुल्न नसकेको उनले बताए। घटनामा संलग्न रहेको भनिएका साह पक्राउ परेपछि थप कुरा खुल्ने उनको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले जनाएका छन्।

प्रकाशित: १३ साउन २०८२ १२:५५ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast