छुरा प्रहार गरेर बाबुको हत्या

हिमाल प्रेस ७ साउन २०८२ १९:३६ | Wednesday, July 23, 2025
छुरा प्रहार गरेर बाबुको हत्या प्रतीकात्मक तस्बिर।

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा छुरा प्रहार गरेर छोरोले बाबुको हत्या गरेका छन्।

छोरा मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गर्दा बुबा ६० वर्षीय सबिब अन्सारीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

जग्गाको विषयमा घरायसी विवाद हुँदा ४० वर्षीय रियाजले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।

छुरा प्रहार गर्ने मोहम्मद रियाज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ साउन २०८२ १९:३६ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast