चोभारमा खाल्डोमा डुबेर बालकको मृत्यु

हिमाल प्रेस २९ असार २०८२ २१:२१ | Sunday, July 13, 2025
चोभारमा खाल्डोमा डुबेर बालकको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- काठमाडौँको कीर्तिपुर नगरपालिका-६, चोभारमा आज (आइतबार) खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका कुलेश्वर बस्ने दोलखा घर भएका ११ वर्षीय विवेश तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उक्त खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका तामाङको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २९ असार २०८२ २१:२१ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast