घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

हिमाल प्रेस २६ असार २०८२ १९:२८ | Thursday, July 10, 2025
घरमा आगलागी हुँदा एक महिलाको मृत्यु प्रतीकात्मक तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिका-६, चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली-३ घर भई हाल काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

दिउँसो तामाङको कोठामा आगलागी भएको थियो। खबर प्राप्त भएलगत्तै प्रहरी टोली आगो निभाउन खटिएको थियो। तामाङ कोठामै मृत भेटिएकी हुन्। आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर नष्ट भएका छन्।

आगलागीको कारण भने खुल्न सकेको छैन। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको छ।

प्रकाशित: २६ असार २०८२ १९:२८ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast