 प्रतिनिधिमूलक तस्बिर
                             प्रतिनिधिमूलक तस्बिर 
                                            काठमाडौँ- सामाजिक सञ्जालमा गायिका एलिना चौहानलाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेको व्यक्तिलाई ललितपुरबाट पक्राउ गरेको जानकारी दिएको हो।
एलिनाले केही दिनअघि चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन्। त्यसमध्ये एक जना समातिएका हुन्। एलिनाले फेसबुकमा गुञ्जनले गरेको कमेन्ट पनि बाहिर ल्याएकी थिइन्।
गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवको शीर्ष २५ को सूचीमा परेका थिए।
                            प्रकाशित: १९ असार  २०८२ १४:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 